टोटेनहमको विजयी

टोटेनहमको विजयी

केन्द्रबिन्दु
0
Shares

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडमाथि शानदार जित निकालेकाे छ ।

ब्रामल लेनमा भएको खेलमा टोटेनहमले घरेलु टोली सेफिल्डमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। खेलको ५‍औं मिनेटमा सर्ज औरियरले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । त्यस्तै ४० औ मिनेटमा ह्यारी केनले गोल गर्दा पहिलो हाफमा टोटेनहम दुई गोलले अघि रह्यो।

दोस्रो हाफकाे ५९ औं मिनेटमा घरेलु टोलीका डेभिड म्याक गोल्ड्रिकले गोल गरेका थिए। त्यस्को तीन मिनेट मै टोटेनहमका टान्गे एनडोम्बेलेले गोल थप्दै टोटेनहमको जित सुनिश्चित गरे।

जितसँगै १८ खेलबाट ३३ अंङ्क जोडेको टोटेनहम तालिकाको पाँचौ स्थानमा छ।

Skip This
Skip This
Logo