स्थायी कमिटीको तेस्रो दिनको बैठक सुरु, उपस्थित भएको केही समयमै निस्किए ओली

स्थायी कमिटीको तेस्रो दिनको बैठक सुरु, उपस्थित भएको केही समयमै निस्किए ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली उपस्थित भएको केही समयमा नै निस्किएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओली केही समयमै निस्किएका हुन् ।

विहान ११ बजेदेखि बस्ने भनिएको बैठक केही समय ढिलो गरी सुरु भएको थियो । शुक्रबार ओलीको अनुपस्थितिमै बैठक सकिएको थियो ।

शुक्रबारको बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका थिए । नेताहरुले नेपालको अतिक्रमित भूमि समेटेर सरकारले जारी गरेको नक्साको प्रशंसा गर्दै भूमि फिर्ताका लागि कूटनीतिक सम्वादमा जानुपर्नेमा जोड दिएका थिए ।

Skip This
Skip This
Logo