सरकार तस्करबाट कमिसन खान तल्लीन रहेकाे अध्यक्ष ओलीकाे आरोप

सरकार तस्करबाट कमिसन खान तल्लीन रहेकाे अध्यक्ष ओलीकाे आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । 

आइतबार पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाएका हुन् । सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्टाचार अन्त्य गर्छौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । 

उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारी र तस्करी गराएको आरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको उनकाे भनाई थियाे । 

जनता आर्थिक मन्दीको मार खेपिरहेको बेला प्रधानमन्त्री तिर्थ भ्रमण गर्न तल्लीन रहेको अध्यक्ष ओलीकाे आरोप छ । ‘कहिले गेरु बस्त्रधारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ उनले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन ।’

Skip This
Skip This
Logo