विद्युत विधेयकले सम्झौता र सर्तलाई प्राथमिकतामा राखेको सांसद विष्टको आशंका

विद्युत विधेयकले सम्झौता र सर्तलाई प्राथमिकतामा राखेको सांसद विष्टको आशंका

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकर्ण विष्टले स्वार्थ समूहको हितबाट प्रेरित भएर त विद्युत विधेयक आएको होइन भन्ने आशंका गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको आरोप लगाउँदै कुनै समयमा गरिएका सम्झौता र सर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने आशंका व्यक्त गरेका हुन् । 

उनले भने, ‘यो विधेयक कुनै हिसाबबाट कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि वा राष्ट्रिय हितलाई आँखा चिम्लन पुग्यो कि ? वा कुनै समयमा गरिएका सम्झौता र सर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ ।’

सांसद विष्टले उनले २०६५ सालमा पर्याप्त प्रावधानहरुसहित प्रस्तुत गरिएको विधेयकका महत्त्वपूर्ण विषयहरुलाई ऐनमा नै बेवास्ता गरेर अहिलेको विधेयक आएको बताए।

Skip This
Skip This
Logo