सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रमा महिलाको सहभागीलाई बढाउन आवश्यक रहेको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ५१ प्रतिशतको जनसङ्ख्या भएका महिलाहरुको विभिन्न निकायमा ३३ प्रतिशत उपस्थिति न्यायोचित नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘अहिलेको समस्या भनेको महिलाको उपस्थिति अझै पनि बढाउन जरुरी छ । ३३ प्रतिशत सहभागिता भनेको छौं । ५१ प्रतिशतको जनसङ्ख्या छ । ३३ प्रतिशतको सहभागिताले मात्र समाजको सहभागीको जवरजस्त उपस्थिति बन्न सक्दैन ।’
मन्त्री शर्माले उपस्थितिलाई मात्र नभएर उपस्थितिहरुको क्षमता प्रतिस्पर्धा गर्न लायकको छ कि छैन् भन्ने कुरामासमेत ध्यान दिनु पर्ने बताइन् । उनले महिला भएकै कारण विशेष सुविधा पाउनै पर्छ भन्ने नभई प्रतिस्पर्धाको क्षमता नै हुनुपर्नेमा जोड दिइन् ।































प्रतिक्रिया