सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोक घोषणा गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने उनले बताइन् ।































प्रतिक्रिया