जिज्ञासा र रियाज सिनियर ‘लिटिल स्टार हन्ट नेपाल २०२३’ को विजेता

जिज्ञासा र रियाज सिनियर ‘लिटिल स्टार हन्ट नेपाल २०२३’ को विजेता

केन्द्रबिन्दु
0
Shares

जिज्ञासा शाही ठकुरी र रियाज आले मगर ‘लिटिल स्टार हन्ट नेपाल २०२३’ को सिनियर लिटील स्टार हन्ट बनेका छन् । साथै इभान्सी पौडेल र यथार्थ शाही ठकुरीले जुनियर लिटिल स्टार हन्टको यो वर्षको उपाधि पाए । 

क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटिल स्टार हन्ट नेपाल २०२३’राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । 

कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीचको भएको प्रतिस्पार्धामा सिनियरतर्फ संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्। 

यस्तै, प्रतियोगितामा जुनियरतर्फ इभाना शर्मा र विश्वम्भरध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भए । 

बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धिका लागि आयोजित उक्त प्रतियोगितालाई क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको अध्यक्ष लभिन अन्सारीले जानकारी दिए । प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालकी आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायकको भूमिकामा थिए । 

Logo