सरकारले निजी क्षेत्रलाई विश्वास नगरे विद्रोहमा उत्रिने महासचिव सापकोटाको चेतावनी

सरकारले निजी क्षेत्रलाई विश्वास नगरे विद्रोहमा उत्रिने महासचिव सापकोटाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग व्यवसायी महासंघका महासचिव भागीरथ सापकोटाले सरकारले अहिलको आर्थिक अवस्था सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिन आवश्यक भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ बहसमा उनले अहिलेको देशको आर्थिक परिस्थितिमा निजी क्षेत्रसँग संवाद र सहकार्य मार्फत विश्वासमा नलिई सरकारले अगाडि बढ्न खोजे आफूहरुलाई मान्य नहुने र मदजुरले नै ठूलो आन्दोलन गर्ने चेतावनी दिए । 

उनले प्रधानमन्त्रीलाई निजी क्षेत्रको चित्त बुझाएर समस्या सम्बोधन गर्ने एउटा आयोग बनाउन आग्रहसमेत गरे ।  

‘यदी तपाईंहरुलाई अहिलेको परिस्थितिले तल झार्दियो भने निजी क्षेत्र होइन मजदुर नै आन्दोलनमा नआउलान भन्न सकिँदैन । त्यसैले निज क्षेत्रसँग सहकार्य, संवाद र हामीलाई कन्फिडेन्टमा नलिई सरकारले केही काम गरे त्यो मान्य हुँदैन र ठूलो विद्रोह हुन्छ ।’ उनले भने, ‘त्यो विद्रोह हामीले गर्न पर्दैन मजदुरले गर्ने विद्रोहलाई रोक्नको निम्ति चन्द्र जिले ल्याएको गोलमेच सम्मेलन जस्तो एउटा आयोग बन्नुपर्ने कुरा गर्दै हुनुहुन्छ निजी क्षेत्रको राम्रो उपस्थितिमा र सल्ललाहलाई मान्ने गरी आयोगको घोषणा आजै प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने आशा छ ।’

सरकारी आर्थिक निकायको कार्यशैली र शाषक बन्ने प्रवृति कै कारण आर्थिक अवस्था संकटतर्फ गएको उनको आरोप छ ।  

Skip This
Skip This
Logo