‘गाउँ–गाउँमा विकासको मूल फुटाउनु पर्छ’: वरिष्ठ नेता पौडेल

‘गाउँ–गाउँमा विकासको मूल फुटाउनु पर्छ’: वरिष्ठ नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ–गाउँमा विकासको मूल फुटाउनु पर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ–गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

वरिष्ठ नेता पौडेलले सङ्घीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भए पनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताए। “खण्डहर बन्दै गएको गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनु पर्छ”, उनले भने, “गाउँमै हुर्किएको व्यक्ति भएकाले गाउँका सबै समस्या मलाई थाहा छ, म सोही अभियानमा छु ।”

वरिष्ठ नेता पौडेलले गाउँको विकासका लागि केही गरेन भनेर आरोप लाग्ने गरेको बताउँदै त्यस्ता आरोप लगाउनेले झन जिल्लामा विकासको सिन्को नभाँचेको टिप्पणी गरे । “रामचन्द्र पौडेलले केही गरेन भन्नेहरुले जिल्लाको विकासका लागि के गरे ? अब सोध्ने बेला आएको छ, मैले जस्तो छाडेको थिएँ, त्यस्तै छ”, उनले भने।

वरिष्ठ नेता पौडेलले संविधानमा कुनै व्यक्तिले संसद् विघटन गर्न नपाउने प्रष्ट लेखेको हुनाले अदालतले उक्त कदम सच्याउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताले ठूलो विश्वास गरेर कम्युनिष्टलाई मत दिए पनि सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनले व्यास नगरपालिका–१० खहरे, व्यास–७ को कलेस्ती, व्यास–७ छापथोक, व्यास–८ कोटथोक, व्यास–९ मेवाडाँडा, व्यास–१० दलभञ्ज्याङ, व्यास–९ को गैह्रीस्वारा, भानु–१३ पोखरीछाप, भानु–१३ को मिर्लुङ, बासपानी, बाँकेभञ्ज्याङ, व्यास–१२ को चन्द्रावती लगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरेका थिए ।

Skip This
Skip This
Logo