याे वर्ष २ अर्ब बढिले घट्यो एनसेलको आम्दानी

याे वर्ष २ अर्ब बढिले घट्यो एनसेलको आम्दानी

केन्द्रबिन्दु
0
Shares

नेपालको सबैभन्दा ठूलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानी २ अर्ब बढि घटेको छ ।  कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा उक्त आम्दानी गुमाएको हो ।

सन् २०२३ मा कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को आम्दानी गरेको छ । गत वर्ष कम्पनीको आम्दानी ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ थियो । 

यससँगै पछिल्ला वर्ष लगातार रुपमा एनसेलको आम्दानी खुम्चिँदै गएको देखिन्छ । कम्पनीले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ बाट व्यवसाय सुरु गरेको थियो । सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो । 

Skip This
Skip This
Logo