कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनकाे निर्णय

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले काेशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनले भने ‘कोशीको मुख्यमन्त्री माओवादीलाई औपचारिक निर्णय भएको छ । त्यसमा माओवादीले इन्द्र आङ्बोलाई अघि सार्ने भनेको छ । हामीबीच सहमति भएको छ ।’

Skip This
Skip This
Logo