नेकपा एमालेका सांसद सूर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषय सदनलाई जानकारी गराउन माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा आएको भन्दै सत्य कुरा सदनलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले भने,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्र अन्र्गत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा सत्य हो कि होईन ?यो सदनले त्यस बारेमा जानकारी चाहन्छ । म रुलिङको माग गर्दछु ।’
सांसद थापाले शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग भएको भन्दै सरकारको तर्फबाट सदन वेखबर बन्न नमिल्ने बताए । उनले भने,‘नेपाल सरकार किन बेखबर छ । शासकहरू यस्तो अवस्थामा मौन हुने विगत कै रोग हो । यस्तै कि रबैया अपनाएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन वेखबर बन्न मिल्दैन ।’































प्रतिक्रिया