जनताको निराशा विस्तारै विद्रोहमा परिणत नहोस्ः सांसद केसी

जनताको निराशा विस्तारै विद्रोहमा परिणत नहोस्ः सांसद केसी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले देशमा नीतिगत भ्रष्टाचारको आडमा मनपरीतन्त्र चलेको भन्दै त्यसलाई नियन्त्रण गर्न समयमा नै सचेत हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘अहिले जुन नीतिगत भ्रष्टाचारका बढेको छ त्यसको अर्थ सबैलाई थाहा हुनु आवश्यक छ । नीतिगत भ्रष्टाचारको आडमा जुन किसिमको मनपरीतन्त्र छ, त्यसलाई नियन्त्रण गर्न हामीले समयमा नै सचेत हुन सकेनौँ भने त्यसले अत्यन्तै नकारात्मक स्थिति पैदा गर्दछ ।’

अहिले जनताको निराशा विस्तारै विद्रोहमा परिवर्तन हुँदै गएको सांसद केसीको टिप्पणी छ । उनले भने, ‘अहिले जुन असन्तोष र निराशा छ जनतामा त्यो विस्तारै विद्रोहमा परिवर्तन हुँदैछ, भुसको आगो जस्तो सल्केर जनतामा जुन निराशा छ । समयमा निराकरण गर्न सक्नुपर्छ ।’

Logo