महेश बस्नेतको कार्यक्रममा दुर्गा प्रसाईँ पक्षधरहरूले गरे गाडीमा तोडफोड

महेश बस्नेतको कार्यक्रममा दुर्गा प्रसाईँ पक्षधरहरूले गरे गाडीमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

झापामा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रममा पहिचानवादीहरूले गाडीमा तोडफोड गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र  दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका हुन् । त्यसअघि उनीहरुले सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए।

गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । काठमाडौंमा दुर्गा प्रसाईँलाई कालोमोसो दलेपछि उनका पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएको बुझिएको छ । 

Skip This
Skip This
Logo