नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओसविरुद्ध बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको हो । एक गोलले पछि परेको नेपालका लागि अन्जन विष्टले कीर्तिमानी गोलसँगै बराबरीमा फर्काएका हुन् । लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए ।
विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । लाओसविरुद्ध ४८औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् ।
यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।
नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ ।































प्रतिक्रिया