मोदीको कालापानी भ्रमणमा सरकारको भूमिका बुद्धिमत्तापूर्ण भएनः सांसद सापकोटा

मोदीको कालापानी भ्रमणमा सरकारको भूमिका बुद्धिमत्तापूर्ण भएनः सांसद सापकोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादीका सांसद माधव सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूभाग कालापानीमा गरेको भ्रमणबारे नेपालको कूटनीतिक सक्रियता कम भएको र भूमिका बुद्धिमतापूर्ण नभएको टिप्पणी गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा बिना जानकारी गरेको भ्रमणको विषयमा सक्ता सञ्चालन गरिरेहेका प्रमुख दल माओदीकै सांसदले छिमेकीलाई विश्वासमा दिन नसकेको र नेपालको कूटनीतिक भूमिका जिम्मेवार र बुद्धिमत्तापूर्ण नभएको तर्क गरे । 

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, ‘यसमा कूटनीतिक हिसावले हाम्रो सक्रियता,भूमिका अलि जिम्मेवार ढंगले बुद्धिमतापूर्ण तरिकाले कूटनीतिक सक्रियता जरुरी छ भन्ने कुरा यी तथ्यहरुले देखाउँछन् । सरकारले पढेको छ,यो विषय सुनेको छ, म यति भन्न चाहान्छु कि नेपालका तर्फबाट छमेकीहरुलाई विस्वासमा लिदै हाम्रो कूटनीतिक सक्रियता बढाउन जरुरी छ ।’

उनले पछिल्लो समय सांसदहरु मूल विषय भन्दा के भाइरल हुन्छ भन्ने विषयमा बोल्न थालेको भन्दै त्यसले समाजमा राम्रो सन्देश नगएकोले सदनमा बोल्दा विचार गर्नुपर्ने बताए । ‘के कुरा बोल्यो भने बढी भाइरल हुन्छ भन्ने आधारमा सांसदजिहरुले ज्यादा आफ्ना धारणा राख्न थाल्नुभयो । यसले समाजमा सकारात्मक सन्देश जाँदैन र त्यसमा विचार गरेर सांसदहरुले बोल्नुपर्छ ।’ उनले भने । 

Skip This
Skip This
Logo