२५४ जनालाई नेपाल ल्याएपछि मन्त्री साउदले भने- ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’

२५४ जनालाई नेपाल ल्याएपछि मन्त्री साउदले भने- ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन्। 

२५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसंग उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताएका हुन्। 

उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छु।’अहिले २ सय ५४ जनाआएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उने बताए। 

मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइट बाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने,‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन। सरकार सगज छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ।’ आफूलाई भेट्न इजरायलका विमान मन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले सुनाए। 

Skip This
Skip This
Logo