कोशी प्रदेशको राजधानी विराटनगरमा ‘दसैं फुड फेस्टिभल २०८०’ आयोजना हुने भएको छ। विराटनगरको हिमालय रोडमा हुने फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
ट्राफिक चोकदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको हो। फेस्टिभल मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा हुन लागेको जनाइएको छ।
त्यस अवसरमा विभिन्न स्टलहरु राखिने भएको छ। हालसम्म २५ वटा स्टलका लागि बुकिङ्क भइसकेको मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले पत्रकार सम्मेलनमा बताए। फेस्टिभलमा नेवारी, मारवाडी, थारू, राई, लिम्बु लगायत विभिन्न जातजातिका २० देखि २५ वटा जातीय परिकारको खानाका स्टल रहने जनाइएको छ।
फेस्टिभलका क्रममा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत आयोजना गरिएको आयोजकको भनाइ छ।मुख्य पर्वका अवसरमा चहलपहल बढाएर आर्थिक गतिविधि चलायमान हुने अपेक्षा आयोजकको छ।































प्रतिक्रिया