अर्जेन्टिनाले पाराग्वेलाई हरायो

अर्जेन्टिनाले पाराग्वेलाई हरायो

केन्द्रबिन्दु
0
Shares

विश्व च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ।

पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले छनोटमा लगातार तेस्रो जित दर्ता गरेको हो। अर्जेन्टिनाको जितमा खेलको सुरुमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्यो ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा ओटामेन्डीले खेलको तेस्रो मिनेटमा नै रोड्रिगो डि पउलको पासमा गोल गर्न सफल भएका थिए ।

पाहुना टोलीविरुद्ध अर्जेन्टिनाले ७५ प्रतिशत बल पोसेसन राख्दै लगातार दवा सिर्जना गरेपनि थप गोल गर्न नसक्दा ओटामेन्डीको त्यही गोल नै अर्जेन्टिनालाई ३ अंक बटुल्न पर्याप्त रह्यो।

यस जितसँगै अर्जेन्टिना ३ खेलबाट ३ जितसहित ९ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा शीर्षस्थानमा रहेको छ। पराजित पाराग्वे १ अंक जोडेर नवौं स्थानमा छ।

छनोटमा दक्षिण अमेरिकाका १० राष्ट्र रहेका छन्। सबै राष्ट्रले एक आपसमा खेल्नेछन्। छनोटमा शीर्ष ६ रहने टोली विश्वकपमा छनोट हुनेछ । सातौं स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

Logo