राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले आफैँ फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले फोन गरेको शेखर निकट स्राेतले जनाएकाे छ।
तर कोइरालाले भने आफू उक्त निर्णयबाट ब्याक हुन नसक्ने बताएका छन्। पार्टीले आफूलाई हेपेकाले र पार्टी जोगाउनका लागि उक्त निर्णय लिनुपरेको कोइरालाको भनाइ छ।
कार्कीको नेतृत्वमा प्रदेश प्रमुखलाई बुझाइएको हस्ताक्षरबाट आफू पछि हट्नै नसक्ने शेखरले बताएका थिए। राष्ट्रपति र ज्ञानेन्द्रबहादुर कार्कीको अनुरोध नाम फिर्ता लिनका लागि थियो।































प्रतिक्रिया