प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हक सम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकल्प प्रस्तावमा राखिएको अपाङ्गता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हक सम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका हुन्।
उनले भने,‘सबैभन्दा पहिले त म संकल्प प्रस्तावमा माननीय सदस्यहरुले राख्नुभएको अधिकार सम्बन्धी बिषय प्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको कुरा जानकारी दिन चाहान्छु।’
अपाङ्गता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हक र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सन्धी सम्झौता र कानूनमा भएको प्रावधानहरुको कार्यान्वयन लगायतका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्ताव दर्ता गरेका छन्।
उनले अपाङ्गता भएका फरक क्षमता भएका मानवको सशक्तिकरण तथा विकासको लागि सरकार सैद्धान्तिक राजनैतिक र व्यवहारीकमा पनि प्रतिबद्ध रहेको बताए।































प्रतिक्रिया