कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छः महामन्त्री थापा

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छः महामन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । 

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै महामन्त्री थापाले भने, “पार्टीका  नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उनले  चुनाव  एउटा सामान्य प्रक्रिया भएको बताए । 

उनले अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने बताए । 

महामन्त्री थापाले कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्नेसमेत बताए । 

Skip This
Skip This
Logo