इजरायली चेतावनीपछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

इजरायली चेतावनीपछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

केन्द्रबिन्दु
0
Shares

हमास र इजरायल बीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ। अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो । सो लगत्तै प्यालेस्टाइनीहरु दक्षिण गाजातर्फ सरेका हुन ।  

समाचार अनुसार इजरायलले ११ लाख मानिसहरूलाई उक्त ठाउँ छोड्न चेतावनी दिएको थियो तर हमासले इजरायली चेतावनीलाई झुटो प्रचार भनेको छ र मानिसहरूलाई कतै नजान आग्रह गरेको छ। इजरायलले गाजा नजिकै करिब तीन लाख सैनिक तैनाथ गरेको कारण युद्ध थप आक्रामक बन्दै गएको देखिन्छ । इजरायली ट्याङ्कहरू पनि गाजा नजिक तैनाथ गरिएको छ।

हिजो शुक्रबार विज्ञप्तिमार्फत इजरायली सेनाले भनेको थियो, ‘पहिलो पटक गाजा पट्टी भित्र भू-सेनाहरू सक्रिय छन्।' सेनाले इजरायली सेनाले आतंकवादीहरूसँग लड्न, हतियार नष्ट गर्न र हमासलाई नष्ट गर्न काम गरिरहेको बताएको छ। गाजा बेपत्ता बन्धकहरूको बारेमा प्रमाण खोज्नका लागि इजरायलले प्रयास गरिरहेको छ ।

Skip This
Skip This
Logo