काठमाडौं ।
नेपाली काँग्रेसले आइतबारका लागि पदाधिकारी बैठक बोलाएको छ । आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक सभापति शेरबहादुरदेउवा निवास बुढानिलकण्ठमा बस्ने भएको हो ।
बैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनबारे छलफल हुने बताइएको छ । काँग्रेसले ०७७ फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर कोरोना प्रभावका कारण तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसकिने भन्दै मिति सार्न गृहकार्य भइरहेको छ ।
बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुको उपस्थिती रहने बताइएको छ ।































प्रतिक्रिया