गाजामाथि इजरायलको कब्जा ठूलो गल्ती हुनेछः वाइडेन

गाजामाथि इजरायलको कब्जा ठूलो गल्ती हुनेछः वाइडेन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो वाइडेनले गाजामा इजरायली कब्जा ‘ठूलो गल्ती’ हुने चेतावनी दिएका छन्।  बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो।

सीबीएस न्यूजको ६० मिनेटमा पोष्ट गरिएको भिडियो क्लिपमार्फत वाइडेनले भनेका छन् कि उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्‍याउन अनुमति दिनेछ।

‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ वाइडनेले भनेका छन्। अमेरिकी राष्ट्रपतिले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन्र कि हमासले ‘सबै प्यालेस्टिनी जनता’ को प्रतिनिधित्व गरेकोमा विश्वास गर्दैनन्। र उनी सो समूहलाई पूर्ण रूपमा उन्मूलन भएको भने हेर्न चाहन्छन्।

Skip This
Skip This
Logo