नेपाल राष्ट्र बैंकले साेमबारदेखि काठमाडौँ उपत्यकाबासीहरुलाई आफ्नो केन्द्रिय बैंकबाट नयाँनोट दिन थालेको छ। गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सट्ही गर्ने सुविधा पाएका छन्।
राष्ट्र बैंकको सेवाबाट आजित भएर अर्को वर्षदेखि नयाँ नोट साट्न नै नआउने सर्वसाधारणले बताए।
५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ। तर, नयाँ नोट साट्न बिहानैदेखि लाइनमा बसिरहेका सेवाग्राहीहरु घण्टौं वित्दासम्म पालो नआउँदा राष्ट्र बैंकको सेवासुविधाप्रति असन्तुष्ट छन्।
लाइन बस्दाबस्दै दिंग्दार भइसकेका उनीहरुको आक्रोश मिडियामा प्रष्ट देखिन्थ्यो। राष्ट्र बैंकले न लाईन व्यवस्थापन गर्न सकेको छ न सहज रुपमा सेवा सुविधा नै दिन सकेको छ।
लाईनमा बसिरहेका एक युवाले भने वृद्धवृद्धाहरुलाई २-३ घण्टासम्म लाईनमा राख्दा उनीहरुलाई केहि भयो भने कस्ले जिम्मा लिने? वृद्धवृद्धाहरु नै २-३ घण्टा लाईनमा बस्नुपर्ने अवस्थामा अरु सामान्य मानिसहरुको अवस्था हामीले सहजै अनुमान गर्न सक्छौँ।
विगतका दसैँहरूमा सात-आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सट्ही हुने गरेकोमा यो वर्ष भने १० अर्बभन्दा बढी नयाँ नोट साट्ने प्रबन्ध मिलाएको छ।
लाईनमा बसेका सर्वसाधारणहरुले भने सास्ती भोगी रहेका प्रस्ट देन्खिन्थ्यो। राष्ट्र बैंकको सेवाबाट आजित भएर अर्को वर्षदेखि नयाँ नोट साट्न नै नआउने सर्वसाधारणले बताए।
बाह्रै महिना नयाँ नोट सट्ही गर्न मिल्ने भने पनि राष्ट्र बैंकले उक्त सुवीधा दिन सकेको छैन। तर राष्ट्र बैंकको सेवा सुविधाप्रति सेवाग्राहीको असन्तुष्टी भने उक्त भिडमा निकै देखिन्थ्यो। राष्ट्र बैंकले दुःख दिने काम मात्र गरिरहेको सर्वसाधारणले बताए।
राष्ट्र बैंकले जेष्ठ नागरिकलाई घाममा उभ्याएर क्यूआर वालाहरुलाई मात्र छिटो नयाँ नोट वितरण गरेको बताए। नयाँ नोट सटहीको लागी आएका सर्वसाधारणहरुले राष्ट्र बैंकको व्यवस्थामा औंला उठाएका छन्।
नयाँ नोट साट्ने स्थानमा झै-झगडाको माहोल नै बन्न सक्ने अवस्था भइरहँदा मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्य भने व्यवस्थापनमा कुनै पनि नआएको र सहज रुपमा व्यवस्थापन गरिएको दावी गरेका छन्। यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने व्यवस्था गरीएको उनको भनाई छ ।
सर्वसाधारणहरुको लागि २ वटा, क्युआर कोडको लागि १ वटा, वृद्धवृद्धाहरुको लागि १ वटा र भूपु कर्मचारी र बैकहरुको हकमा १ वटागरी कुल ५ वटा काउन्टर राखिएको छ। गत वर्ष भन्दा व्यवस्थित बनाएर सर्वसाधारणहरुलाई सेवा दिएको शाक्यले बताए। प्रतिव्यक्ति १८ हजार ५ सय मात्र दिने भनिए पनि आवश्यकता अनुसार त्यो भन्दा बढी पनि वितरण गर्ने गरेको उनले बताए।
नयाँ नोट साट्ने स्थानमा झै-झगडाको माहोल नै बन्न सक्ने अवस्था भइरहँदा मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्य भने व्यवस्थापनमा कुनै पनि कमीकमजोरी नआएको र सहज रुपमा व्यवस्थापन गरिएको दावी गरेका छन्।
नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरको लागि भने असोज २ देखि नयाँ नोट साट्न सकिने व्यवस्था गरेको छ। विगतका दसैँहरूमा सात-आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सट्ही हुने गरेकोमा यो वर्ष भने १० अर्बभन्दा बढी नयाँ नोट साट्ने प्रबन्ध मिलाएको छ।































प्रतिक्रिया