‘मिसेस नेपाल वर्ल्ड २०२३’मा विवाहित महिलाहरुद्वारा प्रतिभा प्रदर्शन

‘मिसेस नेपाल वर्ल्ड २०२३’मा विवाहित महिलाहरुद्वारा प्रतिभा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२३ काप्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। 

काठमाडौँकाे धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमासम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका आफूमा अन्तरनिहीत प्रतिभा प्रदर्शन गरेका थिए।

पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शनगरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक २२ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने झालेजानकारी दिए।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२३ कोट्यालेन्ट शोमा अन्नपुर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी,कोरियोग्राफर जोगेन्द्र केसी, नायकद्वय गजित बिष्ट र तेज गिरी तथा गायिका निशादेशार निर्णायक रहेका थिए।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामाआइना गजुरेल, देवी थापा गुरुब, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई,रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह,निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुब,उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले,मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन्। प्रतियोगिता सन्दीप भुजेलको डान्सकोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ।

प्रतियोगिता विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुनेमिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेसइन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएसइन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।

 

 

Skip This
Skip This
Logo