विश्व शान्तिका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

विश्व शान्तिका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्व शान्तिका लागि नेपालको भूमिका  गौरवशाली रहेको बताएका छन्।

‘शान्ति म बाट सुरु हुन्छ’भन्ने नाराका साथ आज ललितपुरमा आयोजित संयुक्त राष्ट्र संघ दिवस २०२३ समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले विश्व शान्ति स्थापनामा सेनाले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका हुन् । 

उनले विश्व शान्ति स्थापनामा नेपालको सहभागिताले ६५ वर्ष पुरा गरेको स्मरण गर्दै भनेका छन् ‘हामीमाथि विश्वास गरेकोमा हामी संयुक्त राष्ट्र संघलाई धन्यवाद दिन्छौं। यो साँच्चै सबै नेपाली नागरिकहरूको लागि गौरवको कुरा हो। नेपालको सहभागिता र योगदान उल्लेखनीय छ।’ 

शान्ति स्थापनाका लागि सेना पठाउने मुलुकमा हाल नेपाल दोस्रो स्थानमा रहेको भन्दै उपप्रधानमन्त्री खड्काले थप सेना पठाउन आवश्यक ठानेमा नेपाल तयार रहेको बताए । उनले भने ‘विश्व निकायले अनुरोध गरेमा हामी १०,००० राम्रो तालिम प्राप्त र सुसज्जित संयुक्त राष्ट्र शान्ति सैनिकहरू शान्ति अभियानमा खटाउने प्रतिबद्ध छौं। ’ 

उनले निर्धारित मापदण्डरु पूरा गरेर महिला शान्ति सैनिक पठाउनसमेत नेपाल तयार रहेको उनको भनाई छ । 

संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान काममा नेपाल सधैँ प्रतिबद्ध रहेको उनले बताए । ‘संयुक्त राष्ट्रसंघको बडापत्र नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तहरूमध्ये एक हो। नेपालले सधैं शान्तिको दृढ वकालत गरेको छ ’ उनले भनेका छन् ‘निशस्त्रीकरण र विश्व शान्तिलाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूमा हाम्रो सहभागिता र शान्तिपूर्ण आह्वानमा नेपाल प्रतिबद्ध छ ।’

Skip This
Skip This
Logo