आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जादैनौँः गगन थापा

आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जादैनौँः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन्। प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताएका हुन्। 

“गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए काँग्रेस पार्टी एक रहँदैन। कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ।” “बागमती प्रदेशमा माओवादी मान्दिन हामीसँग यति सांसद छन्। सरकार फेर्नु पर्‍यो भन्दै बिहान आउनुभयो। मैले यसलाई धेरै थाहा छैन सभापति र वरिष्ठ नेताहरूलाई सोध्नुस् भने,” उनले भने। उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए। 

Skip This
Skip This
Logo