देशमै रोजगारी सिर्जना गराैँ, चाडवाडमा कोही पनि परिवारबाट टाढा नहोस् -अध्यक्ष ढकाल

देशमै रोजगारी सिर्जना गराैँ, चाडवाडमा कोही पनि परिवारबाट टाढा नहोस् -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्ने बताएका छन् । 

नेपालीहरुको महान चाडहरु वडादशैं, तिहार, छठ एवं नेपाल सम्वतका अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ढकालले भने ‘कोही पनि चाडवाडका बेला परिवारबाट टाढा नहोस् । दशैं दशाको रुपमा नभइ उत्साहका रुपमा सबै नेपालीको घरमा  भित्रियोस भन्ने हाम्रो चाहना हो । त्यसका लागि रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्छ ।’ 

उनले थपे, ‘लगानी बढाऔं र स्वदेशमै बढिभन्दा बढि रोजगारी सिर्जना गरौं भनेर महासंघले निरन्तर गरिरहेको पहल यसैका लागि हो । कोही पनि चाडवाडका बेला परिवारबाट  टाढा नहोस् । दशैं दशाको रुपमा नभइ उत्साहका रुपमा सबै नेपालीको घरमा भित्रियोस भन्ने हाम्रो चाहना हो ।’ 

अध्यक्ष ढकालले अबको दिनमा अर्थतन्त्रमा सुधारका केहि किरण देखिन थालेको पनि बताएका छन् । ‘अबको दिनमा अर्थतन्त्रमा सुधारका केहि किरण देखिन थालेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग गठन गर्ने कुरामा गत असोज २५ गते महासंघको कार्यक्रममा प्रतिवद्धता जनाउनुभएको छ । उक्त आयोगले तात्कालीन सुधारका लागि सबैतिर समन्वय र सहकार्य गर्नुका साथै नयाँ पुस्ताको सुधारको खाका बनाउनेछ । यसमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य रुपमा रहने गरि व्यवस्था गर्नुपर्ने हाम्रो आग्रह हो ।’ 

Logo