गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ

गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले झापा र उदयपुरबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। ब्राउन सुगर र गाँजाको कारोबारमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उदयपुरको कटारी नगरपालिका ६ देउलीकुनाबाट ३८ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बीरबहादुर मगर छन्।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। यस्तै, झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समिर गजमेर, २४ वर्षीय रोशन माझी, सोही स्थान ६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु छन्।

समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो।

Skip This
Skip This
Logo