आक्रामक बुकिङसहित ‘पशुपतिप्रसाद-२ः भष्मे डन’ आजबाट रिलिज

आक्रामक बुकिङसहित ‘पशुपतिप्रसाद-२ः भष्मे डन’ आजबाट रिलिज

केन्द्रबिन्दु
0
Shares

नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद-२ःभष्मे डन’ आजबाट रिलिज भएको छ। दसैँको फूलपातीको अवसर पारेर यो चलचित्र आजबाट रिलिज भएको हो। 

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन्। चलचित्रमा विपीन कार्की, सौगात मल्ल,स्वस्तिमा खड्का, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकार मुख्य भूमिकामा छन्। खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी पनि सिनेमाको विशेष भूमिकामा छन्। 

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलहरूमा यसको आक्रामक बुकिङ देखिएको छ। अधिकांश शोज शोल्डआउट हुने क्रममा रहेको अनलाइन बुकिङले देखाएको छ।

क्यूएफएक्सले ‘पशुपतिप्रसाद-२ः भष्मे डन’लाई काठमाडौँ उपत्यकामा ३३ शोज उपलब्ध गराएको छ। काठमाडौँ बाहिर ३७ शोज दिएको छ।मल्टिप्लेक्स र सिंगल स्क्रिन गरेर ३०० भन्दा बढी शोज पाएको चलचित्र नेपालबाहिरका अधिकांश देशमा एकसाथ रिलिज हुँदैछ। 

Skip This
Skip This
Logo