राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका ग्रहण गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्ने भएका छन्। 

राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ।यसैबिच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ। 

उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका-जमरा लगाइदिने छन्। 

Skip This
Skip This
Logo