काठमाडौँ महानगरको बजेटमा छुटैछुट, कुन क्षेत्रमा कति छुट ? (भिडियोसहित)

काठमाडौँ महानगरको बजेटमा छुटैछुट, कुन क्षेत्रमा कति छुट ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी छन् । उनले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो रकम कुल बजेटको १ दशमलव ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।

कोभिड–१९ को असर, त्यसको रोकथाम र यसबाट पर्न सक्ने प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ । महानगरका लागि विशेष महत्व मानिने योजनाहरु महानगरको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा करिडोर निर्माण, शहरी यातायात ब्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ । हेरौं भिडियोमा :

 

Skip This
Skip This
Logo