धादिङमा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको हाे। धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले कोइरालाले जानकारी दिए।
भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन। छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।
बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए। सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ।































प्रतिक्रिया