राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीकाे दर्शन

राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीकाे दर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन्।

राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहंभागी थिइन्। राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका थिए।

बडा दसैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ।

 

Skip This
Skip This
Logo