यतिबेला सबैलाई दसैंको चटारोले छोपेको छ। अन्य समय प्राय व्यस्त रहने कलाकारहरुले पनि दसैंका लागि समय छुट्याएका हुन्छन्। यसै विषयमा हामीले केही कलाकारहरुसँग हामीले यस वर्षको दसैं योजनाका विषयमा कुराकानी गरेका छौँ।
खगेन्द्र लामिछाने
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैंलाई भेटघाटका रूपमा सदुपयोग गर्छन्। उनी यसपटक चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौंमै दसैं मनाउँदैछन्।
विपीन कार्की दसैंमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण गर्छन्।
तर अघिल्ला वर्षहरूमा उनी स्याङ्जा पुग्ने गर्थे। ‘मेरो लागि दसैं साथीभाइसँगै आफन्तसँग भेट्ने चाड हो। बाल्यकालमा खानपानको लोभ हुन्थ्यो।‘मैले बुझ्ने भएदेखि,दसैंमा दक्षिणा लिएको छैन्, दक्षिणाको साट्टो फलफूल लिने गरेको छुँ।
केकी अधिकारी
अभिनेत्री केकी अधिकारीको यसपटकको दसैंमा चलचित्र ‘परदेशी २’ प्रर्दशनमा आएको छ। उनी मोफसल भ्रमणमा रहेता पनि दसैं काठमाडौँमा मनाउने तयारीमा छिन्। यद्यपि टीकाबाहेकका समयमा मिल्दासम्म दर्शकसँग चलचित्र भवनमा भेटघाट गर्ने उनको योजना छ।
‘मैले कलेज जीवनदेखि नै काम गरेकाले दसैं भेटघाट र परिवारसँग बस्ने चाड भएका कारण मेरा लागि खास छ। केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ। यसपटक चलचित्रका परिवार र दर्शकसँग दसैंमा बढी हुनेछु। साथै ठूलासँग टीका लगाउने त छ नै’, अभिनेत्री अधिकारीले भनिन्।
विपिन कार्की
अभिनेता विपिन कार्की यसपटक विराटनगरमा घर गएर दसैं मनाउने तयारीमा छन्। उनको पात्र ‘भष्मे डन’ लाई लिएर तयार गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रर्दशनको कारण व्यवस्त रहेपनि उनी दसैं भने परिवार, आफन्तसँगनै मनाउने छन्।
उनी भन्छन्,‘म टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ। किनकि पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाङ्कनमा व्यस्त हुनेछु। ’उनको दसैंसँग धेरै सम्झना जोडिएको छ। दसैंमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उनको छ।
‘सानो छँदा दसैंकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो। दसैंमा मामाघर जाने र दक्षिण पाउने जोशमा साइकल चढेर पुगेँ। घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो। दसैं मेरो लागि बाल्यकालदेखि नै खास छ’,लाग्छ। विपिन कार्कीलाई चाडपर्व पछिल्ला पुस्ताहरुको लागि भएपनि जोगाउनुपर्ने बताउँछन्। अझ यसमा कलाकारको भूमिका मुख्य रहने पनि उनको भनाइ छ।
उनी भन्छन् ‘कलाकार भएपछि दसैं अझैँ खास लाग्न थालेको छ। चेतनास्तर पनि बढ्ने भएकाले होला, सस्कार, सँस्कृतिहरुलाई रमाइलो तरिकाले हेर्ने बानीको विकास भएको पाएको छु ।’
स्वस्तिमा खड्का अहिले भने कामको व्यस्थतासँगै उनले दसैंलाई परिवार, आफन्त, साथीभाइसँग समय बिताउने माध्यमको रुपमा लिने गरेकी छिन् ।
बच्चा हुँदा दसैंमा घरपट्टि छोरा भनेर दक्षिणा कम दिने भएकाले, विपिन सानो हुँदा मामाघर जान रुचाउथेँ । त्यतिबेला उनलाई १० रुपैयाँ दक्षिणा पाउँदा सबैभन्दा धेरै लाग्थ्यो । विपिन भन्छन्, दसैं त बच्चा बेलाकै ठीक, अहिले सम्झिँदापनि रमाइलो लाग्छ ।’
स्वस्तिमा खड्का
स्वस्तिमा खड्का पछिल्लो समयकी चर्चित अभिनेत्री हुन्। उनले अभिनय र सौन्र्दयतालाई लिएर निकै चर्चा कमाउने गरेकी छिन्।अभिनेत्री स्वतिमाको घर-माइत दुवैतिर जुठो परेकाले यस वर्ष भने उनको यस वर्ष टिका छैन।
यस वर्षको दसैंमा उनको पशुपति प्रसाद-२, भस्मे डन फिल्म रिलिज भएकाले उनले त्यसका लागि पनि समय छुट्याएकी छिन्। दसैंमा उनी यही चलचित्र र परिवारसँगको भेटघाटमा रमाउने बताएकी छिन्।
बच्चा हुँदा दसैंमा विद्यालयबाट पाइने लामो समयसम्मको छुट्टी,नयाँ लुगाा र दक्षिणा विशेष लाग्ने गरेको बताउँछिन्। तर अहिले भने कामको व्यस्थतासँगै उनले दसैंलाई परिवार, आफन्त, साथीभाइसँग समय बिताउने माध्यमको रुपमा लिने गरेकी छिन्।
शिवशङ्कर रिजाल
हाँस्यकलाकार शिवशङ्कर रिजाल कार्यक्रमको दौडधुपलाई विश्राम दिएर दसैं मनाउने तयारीमा छन्। नेपाल सांस्कृतिक महासंघको महामन्त्री भएकाले पनि जिल्ला अधिवेशनको दौडधुपबाट दसैंमा विश्राम मिल्ने उनले बताए।
‘मेरो दसैं आमा र मामाको हातबाट टीका लगाएर हुने गरेको छ। म सम्भव भएसम्म आफूले मान्नुपर्ने अग्रजकहाँ पुगेर आशीर्वाद लिने गरेको छु। दसैंकै बेलामा पूर्ख्यौली घर सर्लाही पनि पुग्नेछु’, हाँस्यकलाकार रिजालले भने कलाकार पनि अन्यझैँ दसैंलाई आफन्त र साथिभाइसँग भेटघाट गरेर मनाउने तयारीमा छन्। दसैं नहुने केही कलाकर्मीले घुमघामको योजना बनाएका छन्।
दीपाश्री निरौलाको विगत र यसवर्षको दसैं
दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी चर्चित निर्देशक तथा अभिनेत्रीको रुपमा परिचित छिन्। रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेकी निरौला हाल नेपाली चलचित्र क्षेत्रमा ख्यातिप्राप्त अभिनेत्री, व्यवसायिक रुपमा सफल निर्देशक बनेकी छिन्।
केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ। यसपटक चलचित्रका परिवार र दर्शकसँग दसैंमा बढी हुनेछु। साथै ठूलासँग टीका लगाउने त छ नै’, अभिनेत्री अधिकारीले भनिन्।
उनै दिपाश्री निरौलासँग हामीले यसपालीको दसैं र विगतका दसैंको स्मरणलाई लिएर कुराकानी गरेका छौँ। अहिले अभिनय र व्यवसायीक दुवै रुपमा सफल भएकी दीपाश्री सँग कलाकारिताको सुरुवाती दिनहरुमा पैसा नहुँदा दसैंमा घर जान नपाएको अनुभव पनि छन्।
उनी भन्छिन् ‘दसैं मलाई मनपर्ने चाड हो, हरेक वर्षको दसैंमा घर विराटनगरमा जाने गर्छु। तर मैले एकवर्ष दसैंमा घर जान पैसा नभएसी बुबासँग मेरो काम छ, आउन पाँउदिन भनेर झुट बोलेको थिए। त्यो कुरा थाहा पाएपछि बुबाले धेरै मन दुखाउनु भएको थियो। अहिले पनि त्यो घटना सम्झेर आँखा रसाउँछ। त्यसैले म जतिसुकै व्यस्त भएपनि दसैंमा सधैं विराटनगर जान्छु।’
अहिले अभिनय र व्यवसायीक दुवै रुपमा सफल भएकी दीपाश्री सँग कलाकारिताको सुरुवाती दिनहरुमा पैसा नहुँदा दसैंमा घर जान नपाएको अनुभव पनि छन्।
दीपाश्री निरौलासँग दसैंका तीता अनुभवमात्र छैनन्।उनी बाल्यकालका दसैं सम्झिँदा अहिलेपनि मन खुसी हुने बताउँछिन्। दसैंमा उनलाई, पिङ, चङ्गा, आर्शिवाद, आफन्तसँगको जमघट र देवीहरुको मन्दिर दर्शनमा जान निकै मनपर्छ।
साथै दीपाश्रीलाई अहिलेसम्मपनि दसैंमा मामाघरमा दिने दक्षिणा र आर्शिवाद खास लाग्छ। यसवर्षको दसैंपनि उनले विराटनगरमै मनाउने विचार गरेकी छिन्।































प्रतिक्रिया