आज विभिन्न जिल्लामा चट्याङ लागेर ७ जनाको मृत्यु

आज विभिन्न जिल्लामा चट्याङ लागेर ७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सप्तरीमा आज बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

यता मकवानपुरमा पनि चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । यहाँ एक जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका २ स्थित कालापानीकी १७ वर्षीया र २५ वर्षिय महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।

यस्तै आजै उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । यहाँ पनि एक जना घाइते छन् । जिल्लाको त्रियुगा नगरपालिकामा ४५ पुरुषको मृत्यु भएको हो ।

Skip This
Skip This
Logo