काठमाडौं ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका ५५ वर्षीय पुरुष रहेको बताइएको छ ।
गएराति ११ः३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आईसियुमा उपचार भइरहेको थियो ।
असार ८ गते भर्ना भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । यस अघि पनि कोरोना संक्रमित स्याङ्जाकै एक बिरामीको पोखरामा मृत्यु भएको थियो ।
































प्रतिक्रिया