संघीय संसद्का दुई समितिको बैठक बस्दै

संघीय संसद्का दुई समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ। राष्ट्रिय सभा अन्तर्गत, विधायन व्यवस्थापन समिति र प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ।

यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ। दुवै बैठक सिंहदरबारस्थित समितिको आ-आफ्नै सभाकक्षमा बस्दैछ । 

Skip This
Skip This
Logo