गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो।
सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुनेछ।





























प्रतिक्रिया