उनका अनुसार उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’ले राख्ने छ । हलमा हेर्न नपाएका दर्शकले लामो समय प्रतीक्षा गरेपछि यी दुई चलचित्र संसार भरबाट हेर्न पाइने भएको हो ।

एप बारे दीपक भन्छन्, ‘नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको र यो आवश्यकतालाई ध्यानमा राखेर ‘चलचित्र टिभी एप’सँग सहकार्य गरिएको हो ।’