एनआरएन कार्यालयमा कुटिए पत्रकार

एनआरएन कार्यालयमा कुटिए पत्रकार

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ । 

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए । 

पत्रकार शर्माको मुखमा चोट लागेको छ । 

कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आर के शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समूहले बताएको छ । पराजित पक्षले वाईसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको दाबी छ । पराजित पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।

Skip This
Skip This
Logo