उधोग वाणिज्य महासंघका पदाधिकारीलाई लगाइयो ‘कसी’

उधोग वाणिज्य महासंघका पदाधिकारीलाई लगाइयो ‘कसी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीहरुले पछिल्लो समय केन्द्रिय समितिलाई थाहा नै नदिई बैठकमा महत्वपूर्ण निर्णय गर्न थालेपछि केन्द्रिय कार्यसमिति बैंठकले दैनिक कामकाजका बाहेक अन्य निर्णय गर्न नपाउने व्यवस्था गरेको छ ।

पदाधिकारीहरुले पछिल्लो समय बैंठक बस्दै आफुखुशी निर्णय गर्न थालेपछि महासंघभित्रै विवाद बढ्दै गएको छ । यही असार ८ गते बसेको महासंघको केन्द्रिय समितीको बैंठकले महासंघ भित्रको विवाद रोक्न र महासंघलाई कानून र विधी अनुरुप संचालन गर्नको लागि अबदेखि पदाधिकारीले दैनिक कामकाज बाहेकका अन्य महत्वपूर्ण निर्णय गर्न नपाउने व्यवस्था गरेको महासंघका एक पदाधिकारीले बताए ।

उनका अनुसार पछिल्लो समय महासंघ पदाधिकारी मात्र बसेर चुनावी मिति तोक्ने, दिर्घकालिन महत्वका निर्णय गर्ने, महासंघकै पूर्व अध्यक्ष विरुद्ध खेदप्रस्ताव पारित गर्ने जस्ता गैरकानूनी निर्णय गर्न थालेकाले केन्द्रिय कार्यसमिति बैंठकले यस्तो निर्णय गरेको छ । उनले भने,‘ महासंघको सोमबार बसेको बैठकमा पदाधिकारीले केन्द्रिय कार्यसमितिलाई थाहा नै नदिई आफुखुशी निर्णय गर्न थालेको बन्दै त्यसको विरोधमा खनिएका थिए ।’

‘सिमिति व्यक्तिको स्वार्थमा मात्र महासंघ चल्दा त्यसले महासंघको गरिमामै आँच आउने भन्दै अबका दिनमा कुनै पनि निर्णय गर्दा केन्द्रिय कार्यसमितिमा ल्याउनु पर्ने व्यवस्था गरिएको उनको भनाइ रहेको छ ।

त्यस्तै, समितीको बैठकले यदि तत्कालै निर्णय गर्नुपर्ने र केन्द्रिय कार्यसमिति बोलाउन नसकिएको खण्डमा स्थायी समितिबाट पनि गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

अहिले महासंघमा नौं जना कार्यसमिती रहेको छ । यसअघि केन्द्रिय कार्यसमितिको बैंठक बोलाउन १५ दिन अघि सुचना दिनुपर्नेमा हाल आएर त्यसलाई ७ दिनमा झारिएको छ । यसैगरी स्थायी समितिको बैंठक बोलाउन ७ दिन अघि बैठक बोलानु पर्नेमा त्यसलाई समेत घटाए ३ दिनमा झारिएको महासंघले जानकारी दिएको छ ।

Logo