विश्वभर फैलिएको कोरोना भाईरसको कारण चलचित्र छायांकन र प्रदर्शन ठप्प भएपछि बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी आफ्नो घर मुजफ्फरनगर बुढानामा पुगेका छन् ।
विगत लामो समयदेखि आफ्नो गाउँमा समय बिताईरहेका उनको पछिल्लो समय एक भिडियो निकै भाईरल बनिरहेको छ । जुन भिडियोमा उनी वर्षा यामसँगै सुरु भएको खेतको काममा पसिना बगाउँदै गरेको देखिएका छन् ।
नवाजुद्दीन आफैँले उक्त भिडियो आफ्नो ट्विटरमा अकाउन्टमा सेयर गरेका हुन् । जसलाई सयौँले रिट्विट गरेका छन् भने हजारौँले उनको प्रशंसा गरेका छन् ।
Done for the day !!! pic.twitter.com/1oXDUS4E8m
— Nawazuddin Siddiqui (@Nawazuddin_S) June 22, 2020































प्रतिक्रिया