एमसीसीको निर्णायक ‘नेकपा स्थायी कमिटी’ बैठक सुरू, यी हुन् ५ एजेण्डा

एमसीसीको निर्णायक ‘नेकपा स्थायी कमिटी’ बैठक सुरू, यी हुन् ५ एजेण्डा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकले एमसीसीको बारेमा निर्णय लिने भएको छ ।

बैठकका लागि ५ वटा एजेण्डा तय गरेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि  बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन गर्ने अन्तिम दिन यहि असार १६ गते रहेको छ । एमसीसीलाई लिएर नेकपामा लामो समयदेखि विवाद चल्दै आएको छ । सोही विवाद समाधान गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

यसअघि गत वैशाख २५ र ३१ मा बस्ने भनिएको स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर रोकिएको थियो । वैशाख १० मा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायतका २० जना नेपाल–दाहाल पक्षका सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरेका थिए ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने जनाइएको छ ।

नेकपाको स्थायी कमिटीको बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ सम्म बसेको थियो । पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको थिएन ।

Logo