प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि उजुरी आहृान

प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि उजुरी आहृान

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको अनुपयुक्तताको सम्बन्धमा उनीमाथि उजुरी आहृवान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका प्रस्तावित राजदूत उपर उजुरी गर्न चाहनेका लागि १० दिनको समय दिएको छ । 

प्रस्तावित राजदूतका पौड्याल उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र स्पष्ट हुनेगरी उजुरीकर्ताले समितिमा सूचना वा उजुरी दिन सक्नेछन् । उजुरीकर्ताले चाहेमा उसको नाम, थर र वतन गोप्य रहने समेत समितिले बताएको छ ।

बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने सो पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका हुन् । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो ।

निणर्य सुनाउँदै जबराले भने,‘क्यानडाको लागि प्रस्तावित व्यक्तिको बारेमा संसदीय सुनुवाई समितिले अनुपयुक्तताको बारेमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’ उजुरी आहृवानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने र समितिले अनुमोदन गरेपछि मात्र पौड्याल राजदूत नियुक्त हुनेछन् ।

Skip This
Skip This
Logo