हमासको नियन्त्रणमा रहेका विपिनको रिहाईमा पहल गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

हमासको नियन्त्रणमा रहेका विपिनको रिहाईमा पहल गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुसल नेपाल फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीवारको प्रतिनिधिसभा बैठकमा उनले कतार सरकार मार्फत उनको उद्धार सम्भावना भएको भन्दै यसको प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएको छ । यो प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चहान्छु ।’ 

यस्तै, उनले काकडभिट्टा नाकामा आवागमन अवरोध भएको कारण स्थानीय व्यापारिहरु घाटामा परेको भन्दै भारत सरकारसँग कुरा गरेर काकडभिट्टा नाका सूचारु गर्ने व्यवस्था मिलाउँनु सरकालाई आग्रह पनि गरेका छन् ।  

उनले भने, ‘भारत, बङ्गलादेश र भुटान तीन देशसँग निकटमा रहेको सिमा नाका काकडभिट्टा हो । कोभिडको समयमा बन्दा भएको विरगञ्ज, नेपालगञ्जलगायतका नाका खुला भईसकेका छन् तर भारतीय अध्यागमनले पर्यटनलाई भित्राउँने काम खुल्ला नगरेको कारण काकडभिट्टा नाकामा भने आवागमनमा अवरोध जारी छ । यसले त्यहाँको सम्पूर्ण व्यवसायलाई असर पारेको छ, सरकारले भारत सरकारसँग कुरा गरेर काकडभिट्टा नाका सूचारु गर्ने व्यवस्था मिलाउनु सरकालाई आग्रह गर्न चाहन्छु ।’

Skip This
Skip This
Logo