‘शान्ति प्रक्रियालाई सबै दलले साझा एजेण्डाका रुपमा लिनुपर्छ’ -जीवन परियार

‘शान्ति प्रक्रियालाई सबै दलले साझा एजेण्डाका रुपमा लिनुपर्छ’ -जीवन परियार

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरुले शान्ति प्रक्रियालाई साझा एजेण्डाका रुपमा लिन जरुरी भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग बोल्दै सहमहामन्त्री परियारले शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनुपर्ने भन्दै यसलाई सबै पार्टीले आफ्नो साझा एजेण्डा बनाउनु पर्ने बताए । उनले भने, ‘सबै राजनीतिक दलहरुले शान्ति प्रक्रियालाई साझा एजेण्डाको रुपमा लिन जरुरी छ । त्यसो गर्ने हो भने यो जित भनेको सत्तापक्षको पनि हो, प्रतिपक्षको पनि हो । नेपाली काङ्ग्रेसको पनि हो, माओवादीको पनि हो । त्यसकारणले गर्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कुरा छिटो पूरा गर्नुपर्छ ।’

सहमहामन्त्री परियारले शान्ति प्रक्रियाको विषयमा प्रमुख प्रतिपक्ष दलभन्दा पनि नेपाली काङ्ग्रेस अत्यन्तै संवेदनशील रहेको भन्दै शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन नेपाली काङ्ग्रेस गम्भीर रहेको बताए ।
 
यस्तै, उनले समझदारी हुन नसकेका विषयमा राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग बसेर अन्तिम रुप दिन बाँकी रहेको भन्दै तत्कालका लागि यसमा छलफल अगाडि नबढाएको बताए ।

Skip This
Skip This
Logo