जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन निर्माणको काम १८ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको जिम्मेवारी पाएको गोरखा–स्काई–क्यानिओन जेभीले काम छाडेपछि अलपत्र भएको हो ।
तीन तले छात्राबास भवन, क्यान्टिन र कम्पाउण्ड पर्खाल निर्माण गर्न एक करोड ९८ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर कम्पनीले निर्माण सुरु गरेको थियो । दुई वर्षभित्र निर्माण सक्ने सम्झौता गरेको भए पनि १८ वर्ष बितिसक्दा काम अघि नढेकामा गौरका स्थानियले चिन्ता व्यक्त गरेका छन् । निर्माण कार्य अघि बढाउनका लागि तत्कालीन जिल्ला विकास समितिबाट पटकपटक पत्राचार गरिएको भएपनि अधुरो भवन बनाउन निर्माण कम्पनीले चासो नदिएको प्रधानाध्यापक कामोद तिवारीले बताए ।
एक तले भवन निर्माण गरेपछि निर्माण कम्पनीले २०६४ सालमा मधेश आन्दोलनको कारण देखाउँदै काम रोकेको थियो । त्यसपछि निर्माणको कार्य अघि नबढेको प्रधानाध्यापक तिवारीले बताए । पटक-पटक सरोकारवाला निकायहरुमा छात्रावास भवन बनाउन पहल गरिएको भए पनि सुनुवाई नभएको उनको गुनासो छ । भारतीय सरकारको आर्थिक सहयोगमा छात्रावास भवन निर्माण कार्य अघि बढाइएको थियो ।































प्रतिक्रिया